राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स आईपीएलको फाइनलमा

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ।

शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो।

सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो।

यस अघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो।

यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ। यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो।अब फाइनल खेल आइतबार हुने छ।

फाइनलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्ससँग खेल्ने छ।