दार्चुलाबाट कैलाली जाँदै गरेको जीप डोटीमा दुर्घटना, २ जनाको मृत्यु

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन्। दार्चुलाबाट कैलाली जाँदै गरेको सुप प्र ०१ ००१ ढ १४८९ नम्बरको जीप डोटीको जोरायल गाउँपालिका–१ खडिलामा बुधबार बिहान साढे ४ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा ३ वर्षीय बालिकाको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

महिलाको घटना स्थलमै मृत्यु भएको थियो भने बालिकाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो। जीपमा चलकसहित ९ जना सवार थिए। ती मध्ये ७ जना घाइते छन्।