टी २० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

आईसीसी टी २० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ। आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ। न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि सुरु हुँदैछ।

जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ। पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ। पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ।