महिला एसिया कपमा आज भारतलाई हराउनै पर्ने दबाबमा नेपाल

एसीसी महिला एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपालले भारतसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलङ्कास्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ। पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ।

दुई खेल हारेको यूएई अङ्क तालिकाको पुछारमा छ। मङ्गलबार नै समूह ‘ए का पाकिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ।